देश

प्रधानमन्त्रीद्धारा स्व शाहप्रति श्रद्धाञ्जलि

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रियस्तरका नेपाली फुटबल खेलाडी मणिविक्रम शाहको निधनप्रति दुःख व्यक्त गरका छन् ।

प्रधानमन्त्री ओलीले जारी गरेको प्रेस विज्ञप्तिमा शाहको निधनबाट राष्ट्रले एक उत्कृष्ट फुटबल खेलाडी र फुटबल प्रशिक्षकलाई गुमाएको उल्लेख छ ।

प्रधानमन्त्री ओलीले स्व शाहप्रति श्रद्धाञ्जलि प्रकट गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । फुटबल खेलाडी शाहको ५१ वर्षको अल्पआयुमा वैशाख ३१ गते निधन भएको थियो ।