राजनीति

नेकपाका नयाँ केन्द्रीय सदस्यको एकदुई दिनमै यसरी लाग्दैँछ टुङ्गो !

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय कार्यालयको टुङ्गो एक दुई दिनमै लगाउने भएको छ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालयहरु शुक्रबार अवलोकन भइसकेको छ । धूम्रबाराहीमा केन्द्रीय कार्यालय र पेरिसडाँडामा जनसङ्गठनका कार्यालय गर्न सकिने नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले बताए ।

चार सय ४१ सदस्यीय केन्द्रीय समितिका सदस्यमा नयाँलाई मनोनयन गर्न भने नीति र मापदण्ड बनाइने तथा त्यसको टुङ्गो एक दुई हप्तामा हुने जनाइएको छ । पैँतालीस सदस्यीय स्थायी कमिटी हुने नेकपामा पोलिटब्यूरो भने रहने छैन । नौ सदस्यीय सचिवालय भने गठन भइसकेको छ ।

यसैबीच नेकपा संसदीय दलको बैठक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज बिहान ११ बजे बस्ने जानकारी सांसद तथा पार्टी कार्यालय सचिव श्रेष्ठले दिए ।