अन्तर्राष्ट्रिय

बाल दुब्र्यबहार प्रकरणलाई लिएर चिलीका सवै पादरीद्वारा पदबाट राजिनामा

भेटिकन सिटी । चिलीका चर्चहरूमा बालबालिकामाथिको यौन दुब्र्यबहार प्रकरणलाई लिएर यहाँका सवै क्रिश्चियन धर्मगुरूले राजिनामा दिएका चिलीका पादरीहरूका प्रवक्ताले शुक्रबार बताउनुभएको छ ।
चिलीको चर्चमा बालयौन दुराचारका कुराले विश्वभर चर्च र क्रिश्चियन धर्मगुरूबारे नकारात्मक सन्देश फैलिएपछि यसको समाधानका लागि भन्दै चिलीका ३४ धर्मगुरूले पोप फ्रान्सिससमक्ष राजिनामा दिएका प्रवक्ताले बताए । उनीहरूले पोपसँगको तीन दिन लामो छलफलपछि राजिनामा दिन सहमत भएका हुन् ।

प्रवक्ताद्वारा शुक्रबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “रोममा रहेका हामी सवै धर्मगुरूले धर्मपिता पोपसमक्ष राजिनामा पेश गरेका छौँ । यसबाट उहाँलाई हामीमाथि छानविन गर्न सजिलो हुनेमा हामी पूर्ण विश्वस्त छौँ ।”