आर्थिक

ज्योति विकास बैंकको सुर्खेतको जनमा एक्सटेन्सन काउन्टर शुरु

काठमाण्डौ । ज्योति बिकास बैंकले सुर्खेतको जन माद्यमिक बिद्यालयमा स्कुलमा एक्सटेन्सन काउण्टर स्थापना गरेको छ । विरेन्द्रनगर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष मोती प्रसाद कडेलको प्रमुख आतिथ्यतामा तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काको उपस्थितिमा शुक्रबार संयुक्त रुपमा उक्त एक्सटेन्सन काउन्टर उद्घाटन भएको थियो ।

बैंकले निकट भविष्यमा नै ९ वटा नयाँ शाखा र ८ वटा नयाँ एटिएम संचालनमा ल्याउने लक्ष्य रहेको बताएको छ । बैंक संचालनमा आएको दशौं वर्षमा बैंकको विश्वसनीय छवि बजारमा स्थापित गर्न सफल भएकोे छ । आफ्ना ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखि बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवाका साथै C-ASBA तथा ABBS सेवा समेत उपलब्ध गराएको छ । हालै बैंकले आफ्नो रेमिट सेवा ज्योति रेमिट पनि संचालनमा ल्याएको छ । हाल बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले बताए ।