साहित्य

लाङ्टाङ साहित्यिक यात्रा यसरी भयो सम्पन्न

रसुवा । विसं २०७२ को भूकम्पका कारण दिवंगत स्वदेशी विदेशीको सम्झनामा लाङटाङ साहित्यिक यात्रा( वैशाख२७–३०) सम्पन्न भएको छ ।

रसुवा स्रष्टा समाजको आयोजना र अधिवक्ता एवं साहित्यककार फुर्पा तामाङको नेतृत्वमा गएका १० कविले लाङ्टाङ पुगी दिवंगतप्रति श्रद्धाञ्जलि अर्पण गर्दै कविता वाचन गरेका थिए । पर्यटनका हिसाबले लाङ्टाङ सुरक्षित छ भन्ने सन्देश दिन पनि कार्यक्रम आयोजना गरिएको तामाङले बताए ।

कविता वाचन गर्नेमा तामाङ, दीपेन्द्रसिंह थापा, अभिषेक अधिकारी, सञ्जुकुमार डंगोल, सुजिना लवट, विजया तिवारी र भीमसेन पाण्डे थिए । सो अवसरमा लाङटाङबारे श्याम रिमाल, चन्द्र गुरुङ र ज्ञानेन्द्र न्यौपानेले लेखेका कविता पनि वाचन गरिएको थियो । समुद्री सतहदेखि तीन हजार ४०० मिटरको उचाइमा कविता वाचन गर्न कविहरु स्याफ्रुबेंसीबाट दुई दिनको पैदलयात्राबाट लाङटाङ पुगेका थिए ।