विचित्र संसार

यो चिनियाँ रेलले दुनियाँलाई पार्यो चकित !

काठमाडौ । चीनले पछिल्लोे तीन दशकमा जबरजस्त विकास गरेको छ । आज चीन दुनिया को सबैभन्दा ठूलो निर्यातक देश बनेको छ । चीनको विकासको सवैभन्दा ठूलो कडी रेल हो । जो रफ्तार र प्रविधिको मामलामा निकै अघि छ । यी तिव्र गतिका रेलले चीनका मानिसहरुको यात्रामात्र सहज बनाएको छैन कि यहाँको अर्थव्यवस्था को रफ्तार पनि निकै माथि लगेको छ ।

यदी तपाई चीन को हाई स्पीड रेलमा यात्रा गर्नुहुन्छ भने तपाईलाई लाग्ने छ कि तपाई हावासँग कुराकानी गर्दै हुनुन्छ । शंघाई को मैग्नेटिक ट्रेन, यसमध्ये एक हो , जसको गती ४३० किलोमीटर प्रति घण्टा छ । जो आवाजको गति भन्दा धेरै हो । यो ट्रेन पुडोंग इन्टरनेशनललाई शहर के मेट्रो स्टेशनसँग जोड्छ । यो रेलमा यात्रा गर्दा तपाईले मनमोहक दृश्य समेत पान गर्न पाउनु हुनेछ ।

यो रेलमा यात्रा गर्दा निकै फाइदा छ किनकी मूल्य अत्यन्त्य सस्तो छ । जसको मूल्य घुम्न जाने डिज्नी ल्याण्डको भन्दा सस्तो छ । एक स्टेशनबाट अर्को स्टेशनमा पुग्न जम्मा ८० युआन मात्र खर्च हुन्छ । यो रेलको गति यति धेरै हुन्छ की ६० किलोमिटर भन्दा लामो यात्रा २० मिनेट भन्दा कम सयममा पार गर्न सकिन्छ । -एजेन्सी