राजनीति

नेकपाका अध्यक्षद्धयले केन्द्रीय कार्यालय हेरे

काठमाडौँ । नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वयले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज यसअघि धूम्रबाराही र पेरिसडाँडामा रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का केन्द्रीय कार्यालयको अवलोकन गरेका छन् ।

एमाले र माआृवादी केन्द्रको एकतापछि बिहीबार बनेको नेकपाका अध्यक्षद्वयले दुवै कार्यालय अवलोकनपछि कार्यालय व्यवस्थापन प्रक्रिया अघि बढ्ने बताइएको छ ।

तत्कालका लागि धूम्रबाराहीको कार्यालयलाई केन्द्रीय कार्यालय र पेरिसडाँडाको कार्यालयलाई भ्रातृ संगठनहरुको कार्यालय बनाउने सो पार्टीको तयारी छ ।

यसैबीच, पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले आज धूम्रबाराहीस्थित कार्यालयमा पुगी कार्यभार शुरु गरेका छन् । उनलाई कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठलगायतले स्वागत गरेका थिए ।