समाचार

गृहमन्त्रीको हुकुमी शैली प्रति गम्भीर आपत्ती रहेको महासचिव देउजाको भनाई

काठमाडौं । नेपाल निर्माण व्यावसायी महासंघले गृहमन्त्री राम बहादुर थापा बादलको हुकुमी शैलीप्रति गम्भीर आपत्ती जनाएको छ । महासंघका महासचिव राम शरण देउजाले सूर्यखबरलाई छोटो प्रतिक्रिया दिदैँ व्यावसायीलाई निरुसात्साहित पार्ने गृहमन्त्रीको निर्देशन शैलीप्रति महासंघको गम्भीर आपत्ती रहेका बताएका हुन् ।

गृहमन्त्रीको उक्त भनाई ठिक रहेको तर शैली नमिलेको महासंघ महासचिवको भनाई छ । महासचिव देउवाले सूर्यखबरसँग भने, ुमाननीय गृहमन्त्री ज्यु ले कुन बिषय वा प्रसगमा निर्माण ब्यबसायिहरुलाइ जेल ठोक्नु भन्ने निर्देशन मातहत निकायमा गएको भन्ने खबर विभिन्न संचार माध्यममा प्रकाशन र प्रसारण भएको पाइयो निश्चय पनि भौतिक पुर्बाधार निर्माण आयोजनाहरु समयमै सम्पन्न नभएका कारण बाट भएको क्षती र त्यस्को संवेदनशिलतालाइ हेर्ने र बुझ्ने जो कोहिले पनि यसै गरि प्रतिक्रियात्मक हुनेमा दुई मत हुन सकिदैन तर आदरणीय गृहमन्त्री ज्यु ती समयमै सम्पन्न नभइ असर परेका सबै आयोजनाहरु निर्माण ब्यबसायीहरुकै लापरबाहीले मात्र त्यस्तो भएका हुन त रु

उनले अघि भने, ‘यो प्रश्नका पछाडिका समस्या र बेथितिहरुलाइ हामिले बिर्सिऔ भने दीर्घकालीन समस्या समाधानमा हामी पुग्नै सक्दैनौ तसर्थ ती असरल्ल आयोजनाहरु मध्ये केहि गौरबशालि आयोजनाहरुलाइ नमुनाका रुपमा लिइ एउटा स्वतन्त्र बिज्ञहरुको आयोग बनाइ अध्ययन अनुसन्धान गरि सम्लगन सबै पक्षहरु मध्ये क कस्को गल्ती, लापरबाही र के कस्तो समस्याका कारण त्यस्तो भएको छ पहिचान गरि सोही अनुसार कारवाही अगाडि बढाउने गरियो भने समयमै आयोजनाहरु सम्पन्न नहुने समस्या सधैको लागि अन्त हुन्छु’ ।

गलत गर्ने निर्माण व्यावसायीलाई कडा भन्दा कडा कारवाही गर्नुपर्छ भन्दै उनले थपे, ‘निर्माण कार्यमा सम्लग्न भएको नाताले हामीहरुको अहिले सम्मको अनुभवले यसरी आयोजनाहरु अधुरो अपुरो हुने कारणलाई १००५ मान्ने हो र त्यस्को गल्ती र लापरबाहीलाई भागबन्डा गर्ने हो भने निर्माण ब्यबसायिहरुको बढीमा २५५ र बाकी ७५५ निर्माण कार्य खरिद प्रक्रिया, सार्वजनिक निकाय, परामर्शदाता, त्यो आयोजना सग सम्बन्धित अन्य पक्ष, स्थानीयहरुको समेत भुमिका रहेको देखिन्छ, तसर्थ निर्माण ब्यबसायीलाइ छुट दिनु पर्दछ भनेर याहा नीर मैले भन्न खोजेको होइन रु राज्यबाट हुने कारबाहीमा दोषी सधै दन्डको भागिदार हुनै पर्दछ र निर्दोष सजायबाट कहिले पनि पीडित हुनु नपरोस र कानुनी राज्य स्थापित होस सो कार्यमा सहयोगी भुमिकाको लागि नेपाल निर्माण ब्यबसायी महासघ सदैब तत्पर रहेको ब्यहोरा पनि माननीय गृहमन्त्री ज्यु समक्ष आग्रह गर्न चाहान्छुु’ ।

बिहिबार गृहमन्त्री थापाले काम नगर्ने निर्माण व्यावसायीलाई सिधैँ जेल कोच्नु भनी हुकुमी शैलीको निर्देशन दिएका थिए ।