राजनीति

कांग्रेस उपसभापति निधीले ओली र प्रचण्डले क्षमता देखाएको भन्दै बधाई दिए

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले ट्वीट गर्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन् । दुईवटा ठूला पार्टी मिलाएर नयाँ कम्युनिस्ट पार्टी बनेकोमा उनले ओली र प्रचण्डलाई ट्वीटमार्फत बधार्इ दिएका हुन् ।

उनले ओली र दाहालले ‘क्षमता प्रदर्शन गरेको’ बताउँदै भनेका छन्, ओली र प्रचण्डलाई बधाई छ-दुईवटा कम्युनिष्ट पार्टि मिलाएर नेपाल कम्युनिष्ट पार्टि बनाई क्षमता प्रदर्शन गरेकोमा । सुखान्त भयो भने बलियो लोकतंत्र । दुखान्त भयो भने बलियो अधिनायकतंत्र । म सुखान्तवादी कथोपासक हुँ । हामीसंगै कम्युनिष्ट र निर्दलवादी दुबैको लोकतांत्रिक यात्रा रुचिकर छ । शुभकामना ।

आफू सुखान्त हुनेमा आशावादी रहेको भन्दै निधीले लेखेका छन्, ‘हामीसँग कम्युनिष्ट र निर्दलवादी दुवैको लोकतान्त्रिक यात्रा रुचिकर छ ।’

नेकपा एमाले र माओवादी केन्द्रबीच बिहीबार पार्टी एकीकरण भर्इ इतिहासकै ठूलो कम्युनिस्ट पार्टी बनेको छ ।