देश

मोटरसाइकल तथा स्कुटरबाट थप कर असुल्ने तयारी

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि दुई पाङ्ग्रे सवारी (मोटरसाइकल तथा स्कुटर) मा प्रदूषण कर लगाउने भएको छ ।

वार्षिक २ सय रुपैयाँ प्रदूषण कर लिने प्रस्ताव गरिएको छ ।

उक्त कर नयाँ दर्ता तथा वार्षिक नवीकरणका क्रममा संकलन गरिने छ । यातायात व्यवस्था विभागले मोटरसाइकल प्रयोगकर्तासँग नयाँ शीर्षकका करको भार थप्दै वार्षिक २ सय रुपैयाँ प्रदूषण कर संकलन गर्ने प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा प्रस्ताव गरेको हो ।

बजेट निर्माणको चरणमा मोटरसाइकल प्रयोगमा पनि प्रदूषण कर संकलन गर्न सकिनेगरी अर्थ मन्त्रालयमा प्रस्ताव गरेको विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए । –कारोबार दैनिकबाट