राजनीति

नाम जुधेपछि ‘नेपाल कम्युनिस्ट पार्टी’ मा भयो यस्तो !

काठमाडौं । एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको घोषणा गरेर बनेको ‘नेपाल कम्युनिस्ट पार्टी’ ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेको छ ।

बिहीबार कान्तिपथस्थित निर्वाचन आयोगको केन्द्रीय कार्यालय पुगेर प्रधानमन्त्रीसमेत रहेका एकीकृत पार्टीका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका नेताले दल दर्ताका लागि निवेदन दर्ता गरेका हुन् ।

दुई दलबीच एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्ने सहमति भएपछि नेताहरु दल दर्ताका लागि आयोग पुगेका थिए । तर आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको ‘नेपाल कम्युनिस्ट पार्टी’ नामको दल यसअघि नै दर्ता रहेको पाइएपछि नेताहरुले दलको नाममा ‘अन्डरलाइन’ गरेर आयोगमा बुझाएका छन् ।  –राजधानी दैनिकबाट