राजनीति

कुनै न कुनै शक्तीको दबाबमा एमाले र माओबादी एकीकरण भए : डा खड्का

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् प्रतिनिधि सभा साँसद नारायण खड्काले एमाले र माओबादी एकता शक्तिको दबाबमा भएको बताएका छन् । पूर्बमन्त्री समेत रहेका नेता खड्काले शुक्रबार आफ्नो फेसबुकमा लेख्दै आफूसंगको भेटमा एक हप्ता अगाडीमात्र माओबादी केन्द्र्रका अध्यक्ष दहालले पार्टी एकता हुन नसक्ने संकेत गरेको दाबी गरेका छन् ।
पार्टीभित्र र बाहिर खरो रुपमा प्रश्तुत हुने तेता खड्का चाहिने कुरा बोल्न नडराउने स्पवष्ट वक्तामा पर्दछन् । उनले सामाजिक संजाल फेसबुकमार्फत पोष्ट गर्दै यसो भनेका छन्:-

सन्दर्भ दुई कम्युनिष्ट एकीकरण !
“गत बैशाख २५ मा काठमान्डु उपत्यका सार्वजनीक पुस्तकालयको वार्षीक सभामा हिजो विघटीत माओवादी केन्द्रका अधक्ष्य पुष्पकमल दाहाल प्रमुख अतिथी थिए । अधक्ष्यको नाताले म संगै थिए । मैले उन्लाई सोधे ‘एकीकरण भयो भने तपाईहरुको पहीचान, परिवर्तनको मुद्दाहरु र स्वयं तपाईको नेतृतवको स्थीती के हुन्छ अनी तल्लो तहका तपाईका कार्यकर्ताहरुको पलायनको पनि त समस्या होला’ भन्दा उन्ले भने ‘यो सवै भएकोले त एकीकरणमा समस्या छ’ भने । मैले फेरी सोधे ‘अव कहीले हुन्छ’ भन्दा उन्ले भने ‘हुने भए भई सक्थ्यो नी’ ! त्यस्को एक हप्ता पछि एकीकरण भयो । मैले उनको कुराको विश्वसनीयताको वारेमा भएका टिका टिप्पणी सम्झे अनी शंकाको फाईदा दिदै सोचे सायद ओली र दाहाल दुवैलाई कतैवाट नीकै ठूलै दवाव पर्यो होला । जे होस शुभकामना छ दिघो पनको !