अन्तर्राष्ट्रिय

मलेसियाका पूर्व प्रधनमन्त्री नाजिब जेल जान सक्ने नेता अन्वारको भनाई

क्वालालम्पुर । मलेसियाको राजनीतिमा शक्तिशाली मानिने पूर्व उपप्रधानमन्त्री अन्वार इब्राहिमले निवर्तमान प्रधानमन्त्री नाजिब रजाक जेल जान सक्ने बताएका छन् ।

नवनिर्वाचित गठनबन्धनका प्रभावशाली नेता समेत रहेका इब्राहिमले भ्रष्टाचारको अभियोगमा नाजिब जेल जान सक्ने बताएका छन् ।

सन् २०१५ देखि जेलमा रहेर जेलमुक्त भएको एकदिनपछि बिहीबार एएफपीलाई अन्तरवार्ता दिदै इब्राहिमले आफु चाडै नै संसदमा फर्किने जानकारी दिए ।

“मलाई केही महिना समय दिनु, म सांसदको रुपमा संसदमा फेरी फर्किने छु, अहिले तत्कालको कुरा यही हो,” उनले भने ।

इब्राहिमलाई सजाँय माफी घोषणा गरेर बुधबार जेलमुक्त गरिएको हो । उनलाई जेलमुक्त गरिएपछि ठूलो संख्यामा उनका सुबेच्छुकहरुले खुशीयाली मनाउदै ¥याली निकालेका थिए ।

आफूमाथि लागेको आरोपलाई अस्वीकार गर्दै अन्वारले आफूमाथि राजनीतिक प्रतिशोध साँधेर गलत आरोप लगाई दण्डित गरिएको बताएका थिए । उनीसहितको गठबन्धनले गत हप्ता भएको आम निर्वाचनमा जित हासिल गरी नयाँ सरकार बनाएपछि त्यही सरकारले उनलाई रिहा गराएको हो ।

नयाँ सरकारको प्रधानमन्त्री बनेका पुर्वप्रधानमन्त्री माहाथिर मोहम्मदले दुई बर्षपछि अन्वारलाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने प्रतिबद्धता गरेका छन् ।

९२ बर्षीय प्रधानमन्त्री माहाथिरले दुई बर्षपछि सरकार बाहिर रहेर देशलाई सही बाटोमा लैजानका लागि सक्रिय हुने बताएका छन् ।