पु.समाचार

बबई सिँचाइ आयोजनाको नहर निर्माण तीव्र

गुलरिया, बर्दिया । राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजनाले बर्दियाको पूर्व र पश्चिममा गरी ३६ हजार हेक्टर जमीनमा वर्षैभरि सिँचाइ सुविधा उपलब्ध गराउने गरी नहर निर्माण प्रक्रिया तीव्रगतिमा अगाडि बढेको छ ।

बबई नहरबाट पश्चिमी भेगमा १५ हजार हेक्टर र पूर्र्वी भेगमा २१ हजार हेक्टर नहर सिँचाइ हुने आयोजना प्रमुख कुञ्जनभक्त श्रेष्ठ बताए । बर्दियाको खेतीयोग्य जमिनलाई सिँचाइ सुविधा उपलब्ध गराउने गरी संयुक्त राष्ट्र संघ विकास कार्यक्रमको आर्थिक सहयोगमा २०४९–२०५० सालदेखि परम्परागत रुपमा किसानद्वारा सञ्चालित बूढीकुलो, मझराकुलो, राजकुलो र धधवारकुलोमा बबई नदीको पानी नहरमार्फत पु¥याउने लक्ष्यका साथ आयोजना शुरु भएको र यही आव २०७४/०७५ मा सकिने लक्ष्य रहेकोमा बाढीका कारण सो समयमा पुरा नहुने आयोजना प्रमुख श्रेष्ठले बताए ।

आयोजनाले निर्माण गरेको नहरमा २०७१ र २०७४ मा आएको भीषण बाढीले क्षति पु¥याएको हुँदा बाढीबाट भत्किएको संरचना र नयाँ संरचना निर्माण गरी आयोजनाले थप पश्चिमी मूलनहर गुलरियासम्म पु¥याउने लक्ष्य रहेको छ ।

सिञ्चित क्षेत्र बचावटका लागि तटबन्धन निर्माण, शाखा उपशाखा नहरको निर्माण लगायतका कार्य गर्दै आइरहेकाले समयाबधि थप गरी आव २०७८–२०७९ मा मात्र पुरा हुने र लागत रु १२ अर्ब ५६ करोडको ८० हजारको गुरुयोजनामा काम भइरहेको प्रमूख श्रेष्ठले बताए ।

यस वर्ष मुख्यतया पश्चिमतर्फ विगतमा भएको जग्गा मुआब्जाको समस्या समाधान हुने गरी निर्माण कार्य अघि बढाएको आयोजनाले बताएको छ । आगामी वर्षसम्म पश्चिमी भेगको नहर निर्माण गुुलरिया नगरपालिकाको पर्वतीय मन्दिरसम्म नहर निर्माण गरिसकिने लक्ष्य रहेको छ । बबई सिँचाइ आयोजनाले यस आर्थिक बर्षसम्ममा ३४ किलोमिटर नहर निर्माण गरिसक्ने लक्ष्य रहेको छ ।

बबई नदीको बायाँतर्फको छवटा अति जोखिम क्षेत्रमा व्यवस्थित नदी नियन्त्रणका लागि सिञ्चित क्षेत्र र संरचना बचावटका लागि ठेक्का आह्वान भई मूल्यांकन चरण पूरा भएको आयोजना प्रमुखले जानकारी दिए ।

बाढीबाट क्षतिगस्त क्षेत्र तथा संरचना संरक्षण तटबन्धन पुनःनिर्माण तीन किलोमिटरमा भइरहेको छ । पूर्व नहर प्रणालीको शाखा उपशाखा तथा विभिन्न संरचना निर्माण भइरहेको आयोजना प्रमुखले बताए । भेरी बबई ड्राइभर्सन पूरा भएपश्चात आयोजनाले सिञ्चित क्षेत्रको गर्नुपर्ने विभिन्न कार्यका प्रक्रिया अगाडि बढाउन सरोकारवाला सम्पूर्ण निकायसँग छलफल तथा अन्तक्र्रिया भएको बताएको आयोजनाले बताएको छ ।

बबई सिँचाइ आयोजनाको यस वर्षसम्म ७० प्रतिशत भौतिक प्रगति गरेको, अहिलेसम्म मुआब्जा वितरणसमेत गरी रु ७५ करोड ६३ लाख ५५ हजार चालू आवको अहिलेसम्म खर्च गरेको जानकारी श्रेष्ठले दिए ।

बबई सिँचाइ आयोजनाले अधिग्रहण गर्ने जग्गामा मूख्यांकनपश्चात मुआब्जा वितरण कार्य भएको समेत श्रेष्ठले जानकारी दिए ।