साहित्य

आमा तिमीलाई….

रेनुका आचार्य
माफपाऊँ आमा सकिनँ तिम्लाइ सुखले हँसाउन
समय मेरो खराब छ आमा मायाले बताउन ।

भोलिको खुसी देखेर आमा अटेरी बन्दैछु
जितेर आमा देखाउँछु मैले कसम खाइ भन्दैछु ।

दुःख र मर्म बुझेर पनि निर्दयी भाकी छु
असल बन्छु भन्दैछु आमा विपरीत गाकी छु  ।

दुख्छ नि आमा मन मेरो पनि तिमीलाइ दुखाउँदा
हाँसेर पनि पीडै पीडा ती हृदय लुकाउँदा ।

समय मलाई सताउँछ धेरै दुख्याछ माथा धेर
बाँच्दैछु थोरै जीवन तर लुक्याछ गाथा धेर ।

संघर्ष गरेर भएनी आमा सफल हुने जोडमा छु
वाचा छ आमा छिटै तिमिलाई हसाउने सुरमा छु ।