राजनीति

ओली प्रचण्ड लगायत ४५ सदस्यले नयाँ स्टाईलमा खाए सपथ(सपथको पूर्ण पाठसहित)

काठमाडौं । एमाले र माओवादी केन्द्रको विघटनपछि बनेको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरुले बालुवाटारमा सामुहिक सपथ लिएका छन् । एमाले २६ र माओवादी १९ गरी नेपाल कम्युनिष्ट पार्टीका ४५ सदस्यहरुले सपथ खाएका हुन् ।

यसअघि सपथ लिँदा एक जनाले पढे सबैले दोहोर्‍याउने चलन भएकोमा अहिले भने सबैले एकैपटक सपथ पढेर ग्रहण गरिएको हो । अध्यक्ष केपी शर्मा ओलीले नयाँ शैलीबाट सपथ लिने भन्दै आफू लगायत सबै केन्द्रीय सदस्यहरुले एकैपटक सपथ ग्रहण लिएका हुन् । बैठकले एमाले र माओवादी केन्द्रको नाममा रहेका सबै सम्पत्ति नयाँ पार्टीमा सर्ने निर्णय भएको छ ।

शपथमा के छ ?

म… नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी लिइरहेको यस महत्वपूवर्ण घडीमा सहिदको रगतद्वारा रञ्जित पार्टी झण्डा सामु उभिएर प्रतिज्ञा गर्दछुः

म पार्टीको मार्गदर्शक सिद्धान्त, कार्यक्रम र नीतिलाई दृढताका साथ अनुशरण गर्दै पार्टी विधानलाई इमान्दारिताका साथ पालना गर्नेछु । पार्टीको गोपनीयता तथा एकता जोगाउँदै स्वच्छ एवम् नैतिक आचरणयुक्त जीवन बिताउने छु र सबैखाले प्रतिक्रियावादी शक्ति, गलत विचार र गलत व्यवहारका विरुद्ध दृढतापूर्वक जुझिरहनेछु ।

–नेपाली क्रान्ति जिन्दावाद !
– मार्कसवाद–लेलिनवाद जिन्दावाद !
–अमर सहिदहरु लालसालम !
–नेपाल कम्युनिष्ट पार्टी–जिन्दावाद ! जिन्दावाद !!