राजनीति

एमाले र माओवादी नाम आजदेखि सकियो, नेपाल कम्युनिष्ट पार्टी दर्ता हुदैँ

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र विघटन भएको छ । दुवै पार्टी विघटन भएको घोषणा गर्दै ‘नेकपा कम्युनिष्ट पार्टी’ बनेको हो ।

बालुवाटारमा बसेको संयुक्त बैठकमा दुवै पार्टीको केन्द्रिय कमिटि भंग भएको घोषणा गरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले दुबै पार्टीको केन्द्रीय कमिटी भंग गरेको घोषणा गरे ।

उनले ९ सदस्यीय हेडक्वाटर गठनको निर्णय सुनाए भने ४४१ सदस्यीय केन्द्रीय कमिटीको घोषणा गरे । दुवै पार्टीले आज नेकपालाई निर्वाचन आयोगमा दर्ता गर्ने तयारी गरेको छ ।