समाचार

१ जना एमाले र १ जना माओवादीबाट गरी दुई जनाको भाग्य खुल्यो

काठमाडौं । स्थायी कमिटीमा दुई जना थपिएका छन् । एमाले र माओवादी केन्द्रबीच एकतापछि बन्ने एकीकृत पार्टीमा दुईजना थप्ने बुधबार सहमती भएको हो ।

यस अघि ४३ सदस्यीय स्थायी कमिटि रहने सहमती भईसकेको थियो तर एमालेबाट १ जनाको नाम छुट्न गएकाले माओवादीमा पनि १ जना थपी एकीकृत पार्टी ४५ सदस्यीय हुने भएको छ ।

माओवादी केन्द्रकी प्रवक्ता पंफा भुसालका अनुसार एकीकृत पार्टीको स्थायी कमिटिमा एमालेबाट २६ र माओवादीबाट १९ जना रहने सहमती भएको छ ।