राजनीति

वार्इसीएल महासचिवले फेसबुकमा लेखेः अग्निपरिक्षा सुरु हुदैँछ

काठमाडौं । एमाले माओवादी एकीकरण लाई लिएर वार्इसीएल नेपालका महासचिव सुबोधराज सेर्पालीले सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिएका छन् । महासचिव सेर्पालीले आजैबाट दुर्इ पार्टीका नेता कार्यकर्ताहरुको ‘अग्निपरिक्षा’ सुरु भएको बताएका हुन् ।

यसै सन्दर्भलाई लिएर उनले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, “गम्भीर वैचारिक बहस, भावनात्मक संयोजन गर्दै तिक्तताहररू अन्त्य गरौंला । समग्रमा भन्नुपर्दा नेपालको आमूल परिवर्तनको ऐतिहासिक युद्धमा होमिएका माओवादी क्रान्तिकारी योद्धाहरुका लागि पेचिलो संघर्षका दिनहरुको आरम्भ भएको अनुभूति भएको छ ।”

सेर्पालीको थप धारणा उनकै शब्दमाः

लोकतान्त्रिक समृद्ध नेपालका लागि सर्वप्रथम सामन्ती र निरङ्कुशताको जड उखेलेर धनी एवं पावरवाला वर्ग अनि गरिब वर्ग बीच लागू हुने दुई थरीको विभेदकारी कानुनको अन्त्य गरेर सबैलाई समान रूपमा न्याय दिलाउन आज नेकपा एमाले र नेकपा ९माओवादी केन्द्र ०को एकता अपरिहार्य छ। समाजमा गरिब र सर्वहारा वर्गको समान स्वामित्व स्थापित गरी वर्गहीन समतामूलक समाजको निर्माणको लागि एकता आजको आवस्यकता हो।

बेरोजगारको अन्त्य हुने गरी स्वरोजगारको विकास गरी देश र जनतालार्इ परनिर्भरताबाट मुक्त गर्न र साम्राज्यवाद, विस्तारवाद तथा विदेशी हस्ताक्षपलार्इ परास्त गरेर देश र जनतालाई समृद्ध बनाउने उदेश्यका साथ सबै वामपन्थी पार्टीहरु एकताबद्ध भएर आफ्नो सबै शक्तिलार्इ समृद्ध नेपालका लागि लगाउनुपर्छ।

सामन्ती व्यवस्थाको दुर्गन्ध बोकेको संसदीय व्यवस्थालार्इ विस्थापित गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी रास्ट्रपति या त प्रधानमन्त्री स्थापन गरेर सरकार गिराउने र बनाउने घृणित राजनीतिक खेलबाट देश र जनता मुक्त गरेर लोकतन्त्रको पुर्ण बहाली गर्न पनि नेकपा एमाले र नेकपा ९माओवादी केन्द्र० एकता हुनु जरुरी छ।

जनवादी लोकतान्त्रिक संविधानको एजेन्डा बोकेको माओवादीले संविधानका कयौं बुँदामा फरक मत राखेर जारी गरेका हुँदा जनवादी संविधानका बाँकी कार्यभार पूरा गर्न तथा नेपाली जनतालार्इ लोकतन्त्रको पूर्ण आभास दिलाउन वामपन्थी पार्टीहरु जुट्नु आजको ऐतिहासिक माग र आवश्यकता दुवै हो ।

सयौं बेपत्ता साथीहरु, जनक्रान्तिका घाइते कमरेडहरु, सहिद परिवार तमाम पुर्णकालीन कमरेडहरुको अपेक्षा झै हाम्रो पनि छ । अब नयाँ पार्टी निर्माणमा युवाहरुको भूमिका समग्र क्षेत्रमा जिम्मेवार बनेर जाने खालको हुनुपर्छ । सँगै लडेर सहिद भएका र मोर्चामा घाइते बनेका योद्धाहरुको पिडा अनि उनीहरुको इच्छा पनि हामीले पूरा गर्ने संकल्प गरौं ।

राष्ट्रियता जनतन्त्र र जन जिबिकाको पक्षमा युवा कम्युनिस्टहरु सधैं सिर्जनात्मक ढंगले अघि बढौं । कमरेड प्रचण्डले भने झै असाधारण संभावना र असाधारण चुनौतीको बिचबाट हामी अघि बढ्ने कुरा निश्चित छ । हरेक सुरुवातहरु राम्रोको लागि नै हुन्छ अपेक्षा गरौं संकल्प गरौं परिणाम राम्रो निकालेर नेपालमा कम्युनिस्ट केन्द्र निर्माण गर्ने अभियानलाई संस्थागत रुपमा सत्य साबित गरौं । पार्टी एकताको पक्षमा दृढतापुर्वक उभिदै न्याय सहितको समृद्धि र समाजवादी कार्यदिशा कार्यन्वयनको बाटोमा अघि बढौं ।