पर्यटन/संस्कृति

सङ्ग्रहालयमा आन्तरिक पर्यटकको चाप

ललितपुर । नेपालीमा सङ्ग्रहालय घुम्ने बानीको विकास हुन थालेको छ । पाटन सङ्ग्रहालयमा केही वर्षयता आन्तरिक पर्यटकको चाप बढ्दै गएको सङ्ग्रहालयका प्रमुख सुरेश लाखेले बताए ।

“अवलोकन गर्न आउनेमा विद्यार्थी बढी रहेका छन्,” उनले भने । पहिले केशवनारायण चोकमा मात्र रहेको सङ्ग्रहालय अहिले मूल चोक र सुन्दरी चोकसम्म फैलिएको छ । उनी भन्छन्, “आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ ।”

सङ्ग्रहालय पुनःनिर्माण भइरहेको छ । सङ्ग्रहालयमा एक पटक हेरेको कुरा आगन्तुकले दोहो¥याएर हेर्न खासै चाहँदैनन् । दोहो¥याएर हेर्नका लागि अस्थायी प्रदर्शनी गर्ने सङ्ग्रहालयको योजना छ । लाखे भन्छन्, “फरक–फरक विषयवस्तुमा अस्थायी प्रदर्शनी गरिरहँदा आगन्तुकले नयाँ–नयाँ ज्ञान पाउन सक्छन् ।”

विसं २०७३ मा २४ हजार २१९ विद्यार्थी तथा ४३ हजार ८५७ आन्तरिक पर्यटकले सङ्ग्रहालयको अवलोकन गरेका थिए । यस वर्ष विद्यार्थीको संख्या ३० हजार ६७९ र अरू आगन्तुकको सङ्ख्या ६२ हजार ६६९ पुगेको छ । ललितपुर महानगरपालिका र सङ्ग्रहालयले ‘एकद्वार प्रणाली’ लागू गरे यता बाह्य पर्यटकको संख्यामा समेत वृद्धि भएको छ ।