स्वास्थ्य

‘बिहे नगरे पनि अब प्रजनन्’

काठमाडौं । संसारभरीका महिलाले दशकौंदेखि उठाउँदै आएको मुद्दा हो– आफ्नो शरीर, आफ्नै हक ।

जुन यौन तथा प्रजनन् हकमा विद्यमान पितृसत्ताको नियन्त्रणविरुद्ध कडा चुनौती हो । पश्चिमका धेरै मुलुकमा यही मुद्दामा उभिएर चलेको आन्दोलनले महिलालाई विवाह नगरे पनि बच्चा जन्माउन पाउने हक दिलाइसकेको छ ।

विवाह गरेर पनि आफ्नो इच्छाविना यौनसम्पर्क राखे त्यसलाई बलात्कारै मान्ने कानुन त नेपालमा पनि बनिसकेको छ ।

अब भने पश्चिमा मुलुकमा झैं नेपालमा पनि बच्चा जन्माउन बिहे गर्नैपर्ने कानुनी व्यवस्था हट्ने भएको छ । संविधानको धारा ३८ मा व्यवस्था गरिएको महिलाको प्रजनन् सम्बन्धी हक प्रचलनमा ल्याउन बन्दै गरेको विधेयकको मस्यौदामा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो । –कान्तिपुर दैनिकबाट