राजनीति

पार्टी एकताको मुखैमा ओलीले यसो भने

काठमाडौं । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीले एमाले र माओवादी केन्द्रबीच हुन लागेको पार्टी एकता एकता मात्र नभई नेपाल कता जान्छ भन्ने घोषणा हुने बताएका छन् । अध्यक्ष ओलीले बाम एकताले नेपालको राजनीति, वर्तमान र भविश्यलाई दूरगामी प्रभाव पार्ने बताएका हुन् ।

मदन–आश्रित स्मृति दिवसका अवसरमा नेकपा एमालेले काठमाडौंको बल्खुमा बिहीबार गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, विगतमा कम्युनिस्टहरू फुट्न मात्र जान्छन्, मिल्न जाँन्दैनन् भन्ने गरिएको तर अब कम्युनिस्टहरूले फुट्न बिर्सिएको र मिल्न मात्र जान्नेछन् ।

यसैबीच, ओलीले नेपाली कांग्रेस अब आफूहरुको प्रतिस्पर्धी नै नभएको बताएका छन् । एमाले र माओवादीको एकतासँगै एकल पार्टीसँग बहुमत र बहुजन हुने भन्दै उनले कांग्रेस अब प्रतिस्पर्धी नभई सहयोगी मात्रै हुने बताएका हुन् ।

उनले सहयोगी पार्टीलाई साथ लिएर सरकार अघि बढ्ने भन्दै मुलुकको समृद्धिमा कांग्रेसले सहयोग गर्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले पार्टी एकीकरणपछि मुलुकमा अधिनायकवाद आउँछ कि भन्ने केहीलाई भ्रम रहे पनि पार्टी एकता जनताको सेवाका लागि भएको स्पष्ट पारे ।

अध्यक्ष दाहालले पार्टी एकता नै मदन भण्डारी जीवराज आश्रितप्रति सच्चा सम्मान हुने बताए । मदन–आश्रित स्मृति दिवसमा माओवादी सहभागी भएको यो पहिलो पटक हो ।