आर्थिक

मेगा बैंकको शाखा विस्तार

काठमाडौँ । बैंकिङ पहुँच बाहिर रहेका नेपालीलाई घरदैलोमै बैंकिङ सेवा पु¥याउने उद्देश्यले मेगा बैंकले तनहुँको भानु नगरपालिका, स्याङजाको भीरकोट नगरपालिका र धनुषाको लक्ष्मीनिया गाउँपालिकामा नयाँ शाखा विस्तार गरेको छ ।

स्याङजा र धनुषामा यसअघि नै मेगा बैंकका शाखा छन् भने तनहुँमा पहिलोपटक शाखा विस्तार गरिएको मेगा बैंकले जनाएको छ ।

एक सातामा मेगा बैंकका आठवटा शाखाहरु थप भएका छन् । गत साता पाँचथरको कुमायक, सिन्धुपाल्चोकको इन्द्रावती, इलामको रोङ गाउँपालिका, सिरहाको विष्णुपुर गाउँपालिका र बर्दियाको गेरुवा गाउँपालिकामा मेगा बैंकको नयाँ शाखा विस्तार गरिएको थियो ।