आर्थिक

वाणिज्य बैंकका सहायक प्रबन्धक काफ्ले रङ्गे हात समातिए

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका सहायक प्रबन्धक जगदिश प्रसाद काफ्ले ५० हजार घुस सहित पक्राउ गरेको छ । शाखा कार्यालय बर्दिवास, महोत्तरीमा कार्यरत काफ्लेलाई काठमाडौंबाट खटिएको अख्तियार अनुसन्धान आयोगको टोलीले रङ्गेहात पक्राउ गरेको हो ।

सरकारको कृषि अनुदान कार्यक्रम अर्न्तगत कृषि अनुदानमा गाई पालनको लागि सरकारी ऋण उपलब्ध गराई दिए वापत सेवाग्राहीसँग ५० हजार घुस र रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिइ गएको टोलीले उनलाई नियन्त्रणमा लिएको छ ।

घुस वापतको रकम लिईसकेको अवस्थामा नियन्त्रणमा लिइ अनुसन्धान हुँदा काफ्लेले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर गरेको देखिएको छ ।

उनलाई बिगो रु.५०,०००र( (पचास हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही दफाको उपदफा (१) को देहाय (ख) बमोजिम बिगो जफत गरी बिगो बमोजिम जरिवाना र तीन महिना देखी चार महिनासम्म कैद सजाय हुन मागदावी लिइ आज विशेष अदालत काठमाडौंमा आरोप(पत्र दायर गरिएको छ ।