आर्थिक

हिमस्टार होम अप्लाइन्सेसको ‘हिमस्टार फुटवल मेला’

काठमाडौं । विश्वकप २०१८ नजिकिएसँगै सर्बत्र फुटवलको चर्चा सुरु भएको छ । सबै साथीभाई र परिवार बसेर विश्वकप फुटवललाई चाडपर्वको रुपमा मनाउने तयारी गरिरहँदा हिमस्टारले ‘हिमस्टार फुटवल मेला’ स्किम सुरु गरेको हो ।

यो मेलाको मुख्य उद्देश्य फुटवल प्रेमीलाई एउटा राम्रो र रमाइलो उत्सवको अनुभव दिनु हो । यस अफरअन्र्तगत हिमस्टारका टिभी, वासिङ्ग मेसिन र भ्याकुम क्लिनर खरिदगर्ने ग्राहकले विशेष अफर प्राप्त गर्न सक्ने छन् । यो स्किम हिमस्टारका देशभर रहेका डिलरहरुबाट सिमित अवधिकोलागि प्राप्त गर्न सकिने छ । हिमस्टार ब्रान्ड हिम इलेक्ट्रोनिक्स प्रा.ली. अन्र्तगतको गोल्छा कम्पनिको भगिनी संस्था हो ।

बिगत २० बर्षदेखि हिम इलेक्ट्रोनिक्सले बिभिन्न बिद्युतीय सामान उत्पादन गर्दै आफ्ना उपभोक्तामा बिक्री वितरण गर्दै आइरहेको छ । यस ब्रान्डको भनाई ‘बचत गर्ने बेला, नगर्नु है अबेला’ रहेको छ ।