आर्थिक

आइएमई जनरल इन्स्योरेन्स र एभरेष्ट बैंक बिच बैंक एसुरेन्स सेवा सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र एभरेष्ट बैंक लिमिटेड बिच बैंक एसुरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र एभरेष्ट बैंक लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक केशब राज पौडेलले बुधबार हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता पश्चात बैंकका नेपालभर रहेका एभरेष्ट बैंकका शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सकिनेछ ।

उक्त कार्यक्रममा एभरेष्ट बैंक लिमिटेडका प्रमुख कर्याकारी अधिकृत सोमेश्वर सेठ, नायब महाप्रबन्धक द्धय राजिव जैन र गिरिश कोहली साथै आइएमई जनरलर इन्स्योरेन्स लिमिटेडका नायब महाप्रबन्धक द्धय शरण रेग्मी र श्री पवन थापाको उपस्थिती रहेको थियो ।

सोही अवसरमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बैंकसंगको संझौताबाट कम्पनीलाई अझै आफनो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताए ।

बैंकका सबै ग्राहकहरुले आफूले बैकिङ सेवा लिईरहेका भएको बैंकको शाखा मार्फत आफूलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा प्राप्त गर्न सकिने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरे ।

उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले बैंकसंग अझै सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै उच्चकोटीको सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको जानकारी दिए ।