राजनीति

ओली र प्रचण्डबीच भयो कमालको सहमतीः भोली नै पार्टी एकता घोषणा

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टीबीच बिहिबार एकीकरण हुने भएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्कमल दाहाल प्रचण्डले पार्टी एकता बिहीबार गर्ने घोषणा गरेका हुन् ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दुवै पार्टीका अध्यक्षहरुले भोली नै पार्टी एकता गर्नै मोटामोटी सहमति भएको बताईएको छ ।

मदन भण्डारीको २५ औं स्मृती दिवसको अवसर पारेर पार्टी एकता हुन लागेको हो । २०५० जेठ ३ गते दासढुंगामा जिप दुर्घटनामा परी ज्यान गएको थियो ।

चुनावमा वामगठबन्धन बनाएर चुनाव लडेका दुवै पार्टीको पार्टी एकीकरण भईरहेका बेला ओली र दाहालले सरप्राईज दिएका छन् । मदन भण्डारीको शालिकमा बिहीबार विहान ७ बजे दुवै पार्टीका नेताले माल्यापर्ण गर्ने त्यसपछि पार्टी एकता संयोजन समितिको बैठक बसी साँझ पत्रकारसम्मेलन गरेर पार्टी एकताको घोषणा गर्ने कार्यतालिका रहेको बालुवाटार स्रोतले बतायो ।

यसैबीच, मंगलबार एमाले अध्यक्ष ओलीले जुनसुकै बेला पार्टी एकता भएर कमाल हुन सक्ने अभिव्ययक्ती दिएका थिए । पार्टी एकता हुने भएपछि दुवै पार्टीका शुभचिन्तक तथा समर्थन हर्षित बनेका छन् ।