राजनीति

प्रधानमन्त्री ओली र मुख्यमन्त्री रावत नालायकः नेता खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता रामहरी खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु रावतलाई नालायकको संज्ञा दिएका छन् । सूर्यखबरलाई छोटो प्रतिक्रिया दिदैँ नेता खतिवडा प्रधानमन्त्री ओली र मुख्यमन्त्री विरुद्ध खनिएका हुन् ।

भारतीय सासंद किर्ती आजादको अभिव्यक्ती विरुद्ध प्रधानमन्त्री ओलीले चु गर्न नसक्नु लाजमर्दो भएको उनको भनाई छ । सरकारले आजादको धावा अभिव्यक्तीका विरुद्ध भारत सरकारसँग कुरा गर्नु पर्ने बताउदैँ नेता खतिवडाले भने, सत्तारुढ पार्टीका सांसद आजादको अभिव्यक्ति निन्दनीय र भत्सर्नायोग्य छ, यसमा नेपाली कांगेशको गम्भीर आपत्ती छ, उनले अघि भने, स्वतन्त्र, सार्वभौम देशलाई यस्ता अभिव्यक्ती कुनै पनि हालतमा सह्य हुदैँनन् । यस बिषयमा सांसद आजादले माफी माग्नु पर्ने उनले बताए । उनले नेपाल–भारत सम्बन्ध बिगार्ने गरी सांसद आजादले गलत मनसाय राखेको आरोप समेत लगाए ।

सत्तारुढ भारतीय जनता पार्टीका सांसद आजादले केही दिन अघि ‘जनकपुर भारतमा फर्काउनु पर्छ’ भनेर ट्वीट गरेको थिए ।

पूर्व सांसद समेत रहेका खतिवडाले भारतीय प्रधानमन्त्री मोदीको जनकपुरमा नागरिक अभिनन्दन गर्ने क्रममा मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्ति संविधान र कूटनीतिक मर्यादा विपरीत भएको बताएका छन् । यस बिषयमा पार्टीले विज्ञप्ती समेत निकाली सकेको भन्दै उनले भने, नागरिक अभिनन्दनमा अभिव्यक्त कुरा राष्ट्रिय मर्यादा र कुटनीतिक मर्यादाको कसीमा अनुपयुक्त छन् ’ ।

नेता खतिवाडले मुख्यमन्त्रीको अभिव्यक्तीलाई कडा शब्दमा आलोचना गर्दै खतिवडाले भने ‘गाजल आँखामा लगाउदा राम्रो देखिन्छ, त्यही गाजल अनुहार लाग्यो भने कालोमोसो हुन्छ’ उनले भने ‘देशको समस्या विदेशी पाहुनाको अगाडि राख्नु कतिको उचित हो ?’

मुख्यमन्त्री राउतले भारतीय प्रधानमन्त्री मोदीको नागरिक अभिनन्दन गर्ने क्रममा ‘संविधानविरुद्ध संघर्ष गरिरहनु परेको’ सार्वजनिक अभिव्यक्ति दिएका थिए ।
कांग्रेशभित्रै प्रभावशाली नेताको छवि बनाएका खतिवडाले जनकपुरको अभिनन्दनमा ओली र मोदीले लगाएको पोसाकबारे पनि टिप्पणी गरेका छन् । उनले ओलीले विदेशी पाहुनालाई विदेशी पोसाकनै सिलाएर दिएको र आफूले पनि त्यही पोसाक लगाउनुले देशप्रतिको ओलीको खोक्रो राष्ट्रवाद नेपाली जनताले छर्लङ्गै देखेको बताए ।

०७० सालको निर्वाचनमा ओखलढुङ्गाबाट निवार्चित भएका खतिवडा गत बर्षको चुनावमा झिनो मतान्तरले पराजित भएका थिए । उनी पराजय भएपनि निरन्तर जनताको सेवामा खटिएका देखिन्छन् । खतिवडा मंगलबार मात्रै भूकम्पपिडीतलाई केही राहात दिई राजधानी फर्किएका छन् ।