पु.समाचार

मकालुको विमान सम्पर्कविहिन

सुर्खेत । सुर्खेतबाट हुम्लाको सिमीकोटका लागि उडेको मकालु एयरको कार्गो विमान आज विहान सम्पर्कविहिन भएको छ ।

मकालु एयरको ढल् ब्ग्व् कार्गो विमान आज बिहान ६ः१६ बजे सुर्खेत विमानस्थलबाट हुम्लाको सिमीकोटका लागि उडेपछि सम्पर्कविहीन भएको कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुरेशविक्रम शाहले जानकारी दिए ।

उनका अनुसार विमानमा चालक दलका दुई सदस्य हुन् । विमान सिमीकोट आइनपुगेकाले खोजीका लागि हेलिकप्टरको परिचालन गरिएको नागरिक उड्डयन कार्यालय, हुम्लाका राजु महतोले बताए ।