राजनीति

राष्ट्रको हितविपरीत क्रियाकलाप गर्ने राष्ट्रवादी हुन सक्दैनः नेता पौडेल

कालीकोट । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडलले राष्ट्रको हित विपरीत क्रियाकलाप गरेर राष्ट्रवादी हुन नसकिने बताएका छन् ।

नेपाली काँग्रेस कालीकोटको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, “नेपालमा कम्युनिष्टको नाममा राज्यको ब्रह्मलुट गर्नेबाहेक अन्य काम हुन सक्तैन ।’’

नेता पौडेलले नेपाली काँग्रेसको प्रजातान्त्रिक समाजवाद भनेको निमुखालाई न्याय र विपन्नलाई आय भएको बताउँदै अहिले नेपाली काँग्रेस जनताका बीचमा गएर प्रजातान्त्रिक समाजवादको नारालाई व्यावहारिक रुप दिन लागिपर्न अनुरोधसमेत गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वशान्ति तथा पुनः निर्माणमन्त्री हृदयराम थानीले नेपालमा काँग्रेसबाहेक अन्य कसैले विकास गर्न नसक्नेसमेत बताए ।

नेपाली काँग्रेस कालीकोटका सभापति हर्षबहादुर बमले सिंहदरबारको अधिकार गाउँमा आउन नसकेको बताए ।