आर्थिक

माछापुच्छ्रे बैंकको एकै पटक १० वटा नयाँ शाखा सञ्चालन ।

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले एकै पटक थप १० शाखा कार्यालयको सुरुवात गरेको छ । खोटाङ्गको हलेसी शाखाको उद्घाटनबैंकका पुुर्व अध्यक्ष डा. बिरेन्द्र प्रसाद महतो, बैंकका संचालक राममान श्रेष्ठ र नगरका मेयर इभर राईले संयुक्त रुपमा गरे ।

धनुुषाको गणेशमान चारनाथ शाखाको उद्घाटनबैंकका पुुर्व अध्यक्ष डा. बिरेन्द्र प्रसाद महतो, बैंकका संचालक राममान श्रेष्ठ तथा नगरका मेयर रामबाबुु यादवलेसंयुक्त रुपमा गरे । त्यसै गरी झापाको बाह्रदशी शाखाको उद्घाटन भने बैंकका संचालक गोपी कृष्ण न्यौपानेले गरे ।

साथै, बैंकले मोरङ्गको जहदा, रौतहटको वृन्दावन, चितवनको कालिका र इच्छाकामना, कास्कीको मादी, अछामको पञ्चदेवल विनायक र मुुगुुको खत्याडमा समेत शाखाको स्थापना गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकले वाणिज्य बैंकको उपस्थिति नरहेका १० गाउँपालिका र नगरपालिकाहरुमा शाखा स्थापना गरी सञ्चालनमा ल्याएको हो ।

नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकहरुलाइ कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । यसका साथै,हलेसी र गणेशमानचारनाथ शाखामा २४ घण्टा नै रकम झिक्न सकिने आफ्नै एटिएमको सुबिधा समेत उपलब्ध गराएको बताएको छ ।

यस बैकले २०७४ साल चैत्र मसान्तसम्म रु ६८ अर्व निक्षेप परिचालन गरी रु. ६२ अर्व कर्जा प्रवाह गरेको छ भने सोही अबधिमा रु. ८१ करोड खुद मुनाफा गरेको छ ।

उक्त शाखाहरु समेत बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना७४ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १९

शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ९५ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको जनाएको छ ।

साथै, बंैकको देशभर ८८ वटा एटीएमहरु संचालनमा रहेको छ ।