समाचार

नातीको जन्म दिनमा छोरा प्रकाशलाई सम्झिदै प्रचण्ड बने भावुक

काठमाडौं । नेकपा माओबादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्रीको पुष्पकमल दाहाल प्रचण्ड नातीको जन्मदिनमा भावुक बनेका छन् । मंगलबार एक मात्र दिवंगत पुत्र प्रकाशका छोराको जन्मदिनमा उनी भावुक देखिएका हुन् ।

स्व. छोरा प्रकाशकी कान्छी पत्नी एवम् वर्तमान खानेपानी तथा सरसफाई मन्त्री बिना मगरका छोराको जन्मदिन खुमलटारमा मनाउदैँ प्रचण्ड भावुक बनेका छन् ।

आजबाट प्रचण्डका नाती तीन वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेका छन् । स्रोतका अनुसार नातीलाई बिहान सबेरै काखमा लिएर प्रचण्ड जन्मदिनको शुभकामना दिएर प्रकाशलाई सम्झिदैँ भावुक बनेका थिए ।