अन्तर्राष्ट्रिय

छ जना अफगान सुरक्षाकर्मी र आठ आतंककारी मारिए

काबुल । अफगानिस्तानको पश्चिमी प्रान्त फराहको एक सहरमा भएको झडपमा परी छ जना अफगान सुरक्षा अधिकारीको मृत्यु भएको छ ।

साथै यस झडपमा अन्य आठ आतंककारी पनि मारिएका छन् ।

सुरक्षा स्रोतले मङ्गलबार सो जानकारी दिएको छ । फराह सहरलाई नियन्त्रणमा लिने प्रयासमा स्थानीय समयाअनुसार मङ्गलबार मध्यराति २ बजे तालिबान आतंककारी समूहले आक्रमण गरेका सुरक्षा स्रोतले जानकारी दिएको छ ।

प्रारम्भिक समाचारअनुसार छ सुरक्षा अधिकारी मारिएका गृहमन्त्रालयका प्रवक्ताले स्थानीय समाचार संस्था टोलो समाचार समितिलाई जानकारी दिएको छ । -(रासस÷सिन्ह्वा)