अन्तर्राष्ट्रिय

सिरिया अवरोधबारे रुस बोल्यो

काठमाडौं । मस्को सिरियामा भएको भनिएको रासायनिक घातक हतियारको प्रयोगसम्बन्धी अनुसन्धानका लागि सिरिया पुगेका अन्तरराष्ट्रिय रासायनिक हतियार अनुगमन अधिकारीलाई त्यहाँ अवरोध नगरिएको रुसले जनाएको छ ।

सिरियामा केही महिना पहिले भएको भनिएको रासायनिक हतियार आक्रमणबारे छानविन गर्न एक अनुसन्धान समूह त्यहाँ गएको उक्त समूहलाई रूस र सिरियाले अवरोध गरेको भनी समाचार आएका थिए ।

ती खबर आधारहीन भएको रूसी प्रशासनिक केन्द्र, क्रेमलिनले जनाएको छ । रूसमाथि लागेका यस्ता आरोपमा कुनै सत्यता नभएको उसले बताएको छ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, “मस्कोले सिरियामा रासायनिक आक्रमण भएको भनिएको घटनाको विना पूर्वाग्रह अनुसन्धानको पक्षमा रहेको छ ।”

यस पहिले नेदरल्याण्डका लागि बेलायती राजदूतावासले रूस र सिरियाले रासायनिक हतियार निवारणसम्बन्धि अन्तरराष्ट्रिय संगठन ९ओपिसीडब्लु०ले खटाएका सदस्यलाई सिरियाको डुमा (घटनास्थल) मा प्रवेश गर्न अवरोध गरेको भनी जानकारी गराएको थियो ।

गत अप्रिल ७ गते भएको भनिएको उक्त आक्रमणमा रूसबाट समर्थन प्राप्त सिरियाली राष्ट्रपति वसर अल–असदको प्रशासनले क्लोरिन र सारिन नामक विषाक्त ग्यास हमलामा ४० जना विद्रोही पक्षधर नागरिकको मृत्यु भएको थियो ।

ओपिसीडब्लु प्रमुख अहमेत उजुम्कुले केही समयअघि दमास्कस पुगेपछि अनुसन्धान समूहको सिरिया आगमनबारे स्थानीय प्रशासनलाई जानकारी गराउनुभएको थियो ।

अनुसन्धानमा हस्तक्षेप नगर्ने प्रतिवद्धता जनाएको र अमेरिकी नेतृत्वमा फ्रान्स र बेलायतले गत हप्ताको अन्त्यमा सिरियामा गरेको क्षेप्यास्त्र हमलाका बिषयमा आलोचना गर्दै अनुसन्धानका लागि आएको समूहको विश्वसनीयतालाई प्रभावित तुल्याउन क्षेप्यास्त्र आक्रमण गरिएको मस्कोले जनाएको छ ।

पेस्कोभले फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोँले दावी गरे अनुसार मस्को र अङ्काराबीचको सम्बन्धमा पनि समस्या देखिएको भन्ने भनाइप्रति पनि आलोचना गरेको छ । -रासस÷एएफपी