विचित्र संसार

आफ्नै बारीमा यस्तो फलेपछि किसान हेरेका हेर्यै !

काठमाडौं । निर्वस्त्र महिलाले आफ्नो नितम्ब देखाएर निहुरिएको जस्तो आकारको सखरखण्ड आफ्नो बारीमा फलेपछि एकजना किसान तीनछक परे ।

बेलायतको केन्ट निवासी किसान बेन फ्लेचले अघिल्लो हप्ता जब सखरखण्ड खनेर निकाले तब त्यो सखरखण्डको अश्लील आकार देखेर उनलाई लाजमर्नु भयो । सुरुमा त त्यो आकार देख्दा उनलाई विश्वासै लागेन ।


‘त्यो निकै अचम्मको थियो, कुनै केटी नांगै निहुरिएको जस्तो’, बेन भन्छन् । आफुले त्यो सखरखण्ड घर लगेर परिवारलाई देखाउँदा सबै तिनछक परेका र धेरै बेरसम्म हाँसोको फोहोरा छुटेको उनी बताउँछन् ।

त्यो सखरखण्डको अनौठो तथा अश्लील आकारकै कारण बेनको परिवारले सखरखण्ड खाएन । केही दिनपछि उनले उक्त सखरखण्ड फ्याँके । साँच्ची यस्तो अनौठो सखरखण्डलाई त सुरक्षित पो राख्नुपथ्र्यो, कि कसो ? -एजेन्सी