खेलकुद

रियो फुटसल बुधबारदेखि

काठमाडौं । क्याम्पियन एकेडेमीको आयोजनामा तेश्रो रियो एसईई फुटसल प्रतियोगता बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा २०७४ सालको एसईई दिएर बसेका विद्यार्थीको ६४ ब्वाइज टोलीले सहभागिता जनाउने क्याम्पियनका प्रिन्सिपल रोशन भण्डारीले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

सहभागी टिमलाई १६ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलाइने छ ।

विजेताले ५० हजार र उपविजेताले २० हजार नगद पुरस्कार पाउने क्याम्पियनका स्पोर्ट्स इन्चार्ज टेक लम्सालले जानकारी दिए । उत्कृष्ट खेलाडी र गोलरक्षक तथा सर्वाधिक गोलकर्तालाई समान ५–५ हजार नगदबाट पुरस्कृत गरिने छ ।

जेठ ११ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु लगनखेलस्थित आयोजककै हातामा हुनेछ । गत संस्करणको फाइनलमा पद्मोदयले ताहचल युथ क्लबलाई पराजित गर्दै उपाधि जितेको थियो ।