समाचार

मोदीको नेपाल भ्रमणबारे भारतमै प्रश्न चिह्न खडा ?

काठमाडौं, जेठ १ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे भारतमै प्रश्न उठेको छ ।

नेपाल भ्रमणको क्रममा मोदीले प्रमुख हिन्दु तीर्थस्थल जनकपुरधाम, पशुपति र मुक्तिनाथ भ्रमण गरेको विषयमा सत्ताधारी दल भारतीय जनता पार्टी र प्रतिपक्ष भारतीय राष्ट्रिय कंग्रेसबीच आरोप–प्रत्यारोप चलेको हो ।

प्रतिपक्षी कंग्रेसले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा भएको हिन्दु धार्मिक तीर्थाटनप्रति आपत्ति जनाएको छ ।

कंग्रेसका महासचिव तथा वरिष्ठ नेता अशोक गलहोतले मोदीको भ्रमणलाई दक्षिण भारतीय राज्य कर्नाटकको चुनाव प्रभावित पार्ने नियतले गरिएको दावी गरे । -कान्तिपुर दैनिकबाट