अन्तर्राष्ट्रिय

युएईमा जेल परेका ९५३ जनालाई माफी दिँइदै, कस्ता व्यक्ति पर्लान ?

युएइ । युएईमा विभिन्न आरोपमा जेल परेका ९५३ जनालाई लाई माफी दिईने भएको छ । रमदानको अवसरमा उनीहरु जेलमुक्त हुन भएका हुन् । युएईका राष्ट्रपति शैख खालिफा विन जेयाद अल नहयानले ती बन्दीलाई जेलमुक्त गर्न आदेश दिए ।

नयाँ जीवनको सुरुवात र परिवारलाई भार नपरोस भनेर सोमबार राष्ट्रपतिले जेलमुक्त गर्ने आदेश दिएको गल्फ न्युजले उल्लेख गरको छ ।

के कस्ता कारणले जेल परेका र कुन देशका नागरिकले माफी पाए भन्ने खुलाइएको छैन ।