राजनीति

जनकपुरलाई भारतमा मिसाउनुपर्छ भन्ने साँसद आजादको अभिब्यक्तीप्रति काँग्रेस क्रुद्ध

काठमाण्डौ । मुलुकको जेठो लोकतान्त्रीक पार्टी नेपाली काँग्रेसले एक भारतीय साँसदले नेपालको जनकपुरलाई भारतमा मिसाउनुपर्छ भनेर दिएको अभिब्यक्तीको कडा बिरोध जनाएको छ ।
भारतीय प्रधानमनत्री नरेन्द्र मोदी नेपाल भ्रमणमा रहेर जनकपुरमा रहेका बेला भारतीय सांसद कीर्ति अजादले नेपाललाई भारतमा मिलाउनुपर्छ भनेर दिएको अभिब्यक्तीप्रति कटाक्ष गर्दै काँग्रेसले उक्त कार्यको बिरोध जनाएको हो ।
पार्टीका मुख्यसचिब कृष्णचन्द्र पौडेलद्वारा हस्ताक्षरित बिज्ञप्ती अनुसार

“भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा रहनु भएको बेला भारतीय सांसद कीर्ति आजादले नेपालको सम्बन्धमा आफ्नो ट्वीट मार्फत् गरेको आपत्तिजनक अभिव्यक्तिप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकृष्ट भएको छ । दुई देश बीच सदियौं देखि रहँदै आएको सुमधुर सम्बन्धमा खलल पु¥याउने अभिप्रायबाट आएको उक्त अभिव्यक्तिले नेपालको सार्वभौमसत्ता, स्वाधीनता, अखण्डता र नेपालीको स्वाभिमानमाथि ठाडो प्रहार गरेको छ । भारतीय सांसद आजादको यो आपत्तिजनक र दुराशयपूर्ण अभिव्यक्तिको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ ।

स्वतन्त्र, सार्वभौम, स्वाधीन राष्ट्र नेपालको विषयमा भारतीय सांसदबाट आएको आपत्तिजनक र दुराशयपूर्ण अभिव्यक्ति नेपाल र नेपाली नागरिकहरुका लागि सह्य हुन नसक्ने विषय हो । यस सम्बन्धमा नेपाल सरकारले तत्कालै भारत सरकारसँग कुटनीतिक पहल गर्न नेपाली कांग्रेस जोडदार माग गर्दछ ।” भनिएको छ ।

नेपाली काँग्रेस संस्थागत रुपमा साँसदले बोलेका गम्भीर अभिब्यक्तीको बिरोध गर्ने पहिलो राजनीतिक दल भएको छ ।