समाचार

नेपाली चेलीलाई कोठीमा लगेर जबर्जस्ती बेस्याबृतिमा लगाउने खत्री समातिए

काठमाडौं । भारतमा बेश्यालय र कोठी सञ्चालन गर्दै आएको समूहका प्रमुख व्यक्ती पक्राउ परेका छन् । नेपाली चेलीलाई ललाई फकाई भारत लगी बेश्याबृतिमा लगाउने अर्घाखाँचीका रमेश खत्रीलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो ।

खत्री भारतको राजधानी नयाँ दिल्लीस्थित एक अपार्टमेन्टमा सञ्चालनमा रहेको कोठी सञ्चालनका मुख्य व्यक्ती रहेको प्रहरीले बताएको छ ।

खत्री लगायतको समूहले नेपाली युवतीहरूलाई स्वास्थ्य उपचार गराईदिने भन्दै २ वर्ष सम्म राखी जर्बजस्ती बेस्याबृतिमा लगाउने गरेको प्रहरीको भनाई छ । अस्लिल फोटो तथा भिडियो समेत बनाई सामाजिक संजाल मार्फत प्रकासित गरिदिने भनि ब्ल्याकमेल गर्ने गरेको पिडितको भनाई छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार जिल्ला अदालत काठमाण्डौमा मानव वेचबिखन तथा ओसार पसार मुद्दामा म्याद थपको लागी पेश गरिएको छ । घटनाको ७ दिन म्याद थप अनुसन्धान सुरु भएको छ ।