समाचार

राष्ट्रिय झण्डा बिगारेपछि कारवाही अघि बढाउदैँ लालबाबु कड्किए

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रदेश नं. २ प्रमुख सचिव राजेश्वरमान सिंहलाई तीनदिने स्पष्टिकरण सोधेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरको अभिनन्दन कार्यक्रममा राष्ट्रिय झण्डाको अपमान भएकोबारे उनले स्पष्टीकण मागेका हुन् ।

मन्त्री पण्डितले सचिव सिंहसहितका पदाधिकारीलाई सोमबार तीन दिने स्पष्टीकरण सोधेका छन् । मन्त्री पण्डितका स्वकीय सचिव ओसिम आलमका अनुसार उनीहरुलाई स्पष्टीकरणसहितको पत्र सोमवार नै पठाइएको छ ।

कर्मचारीको लापरवाहीका कारण भारतीय प्रधानमन्त्री मोदीको अभिनन्दन कार्यक्रममा नेपाली झण्डाको स्वरुप बिगारेको भन्दै मन्त्री पण्डितले कारवाही अघि बढाएका छन् । नेपाल झण्डाको देशव्यापी विरोध र आलोचना भईरहेको छ ।