मनोरञ्जन

मनबिनाको धन ठूलो कि धनबिनाको मनः रेकर्डै रेकर्ड, टंक बुढाथोकी रोए

काठमाडौं । भाइरल ब्वाई अशोक दर्जीले गाएको गीतको चर्चा चुलिदै गएको छ । ‘मनबिनाको धन ठूलो कि धनबिनाको मन’ बोलको दर्जीको पहिलो गीत कतारमा समेत १ नम्बर ट्रेन्डिङ ओगट्न सफल भएको हो ।

उक्त गीतका संगीतकार तथा गायक टंक बुढाथोकीले गीत कतारमा १ नम्बर ट्रेन्डिङमा रहेको जानकारी दिएका छन् । गीतलाई यो समाचार पार्दासम्म ३१ लाख बढी पटक हेरिसकिएको छन् ।

संगीतकार बुढाथोकीले गीतमा आएको प्रतिक्रियाबाट आफू भावुक भएको भन्दै, ‘रुने गर्छु अचेल धेरै म । आँशु नझारुँ भन्दा पनि आउँछ । जीवनभर यसरी नै रुन तयार छु, हजुरहरुको माया पाएमा ।’

कुनै पनि नेपाली गीत विदेशमा १ नम्बर ट्रेन्डिङमा आएको यो सम्भवत पहिलोपटक हो ।