सूचना प्रविधि

३ देशलाई जोड्दैँ चीनले बनायो समुद्रमा विश्वकै लामो पुल

काठमाडौं । चीनले समुद्रमा विश्वकै सबैभन्दा लामो पुल बनाएको छ ।

५५ किलोमिटर लामो ६ लेनको यो पुलले चीनलाई हङकङ र मकाउसंग जोडेको छ । ६ लेनको ५५ किलोमिटर समुुन्द्री पुलमा चारवटा सुरूङ समेत छन् ।

एउटा सुरूङ पानी मुनिबाट बनाइएको छ । पुलबाट हङकङ पुग्न अब मकाउबाट एक घण्टा मात्र लाग्नेछ । यो पुलमा दैनिक ४ हजार सवारी साधन गुड्ने अनुमान गरिएको छ ।

पुल निर्माणमा प्रयोग गरिएको ४ लाख २० हजार टन स्टिलले ६० वटा आइफेल टावर बनाउन पुग्ने बताइन्छ ।

यो पुल निर्माणका लागि चार कृति आइसल्याण्ड समेत निर्माण गरिएको छ ।

यसको लागत २० विलियन डलर रहेको छ । पुल निर्माणका लागि सन् २००३ मा अध्ययन थालिएको थियो । -(एजेन्सी)