देश

प्रधानमन्त्री ओलीले भेटेको केहीबेरमा एक सांसदको निधन

काठमाडौं । प्रदेशसभा सांसद हरिशरण लामिछानेको निधन भएको छ । प्रदेश नं ३ का सांसद लामिछानेको निधन भएको हो ।

उपचारका क्रममा एमाले सांसद लामिछानेको काठमाडौं मेडिकल कलेजमा दिउसो निधन भएको बताईएको छ ।

शनिबार उनलाई मष्तिस्कघात भएको थियो । आजै प्रधानमन्त्री केपी शर्मा ओली उनको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका थिए ।