आर्थिक

सिटिजन्स बैंकको ६ वटा नयाँ शाखा सञ्चालनमा

काठमाडौं । सिटिजन्स बैंकले सोमबारदेखि ६ वटा नयाँ शाखाहरु संचालनमा ल्याएको छ । इलामको माङसेबुङ ,सोलुखुम्बुको लिखु पिके ,रामेछापको सुनापती,काभे्रको तिमाल ,सिन्धुलीको हरिहरपुरगढी र धनकुटाको खाल्सा छिन्ताङ सहीदभूमि गरी ६ वटा शाखा सञ्चालनमा ल्याएको हो ।

सरकारले वित्तीय पहँच तथा समावेशिता वृद्धि र औपचारिक अर्थतन्त्रको प्रवर्धनका लागि सबै नेपालीको बैंक खाता भन्ने नीति अवलम्बन गरेको छ । यसलाई मुर्त रुप प्रदान गर्ने उद्धेश्यले सिटिजन्स बैंक निरन्तर शाखा विस्तारमा लागेको बैंकले जनाएको छ ।

संघीयतालाई दह्रो र सहज बनाउन अतुलनीय भूमिका निर्वाह गरेको बैंकले आ.व ०७४।७५ मा पाल्पाको छहरा ,नवलपरासीको भुमही ,मकवानपुरको मनहरी ,बर्दियाको बढैयाताल ,झापाको हल्दिबारी ,महोत्तरीको औरहिहुम्लाको सर्केगाड,कास्कीको सिमलचौरर दाङको बंगलाचुलीशाखाहरु संचालनमा ल्याइसकेको छ ।

नियमनकारी निकायको निर्देशन अगावै यस बैंकले नेपालको दुर्गम क्षेत्रमा शाखाहरू विस्तार गरी सकेको थियो । बैंकिंग सेवा लिन जिल्ला सदरमुकाम वा शहर बजारमै पुग्नु पर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्नका निम्ति केही दिनमै बैंकले प्युठानको झिमरुक ,पूर्व रुकुमको भूमे ,हुम्लाको नाम्खा ,अछामको ढकारी ,कैलालीको मोहन्याल,काठमाडौँको टोखा र थानकोटमा शाखा विस्ताको तयारी गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीराजन सिंह भण्डारीले बताएका छन् ।

सिटिजन्स बैंकले ७४ वटा शाखा, ६९ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग एकाइहरुबाट सेवा पदान गर्दै आएको छ ।