समाचार

प्रधानमन्त्रीले काठमाडौं मेडिकल कलेज पुगेर लामिछानेको स्वास्थ्य अवस्थाबारे बुझे

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं ३ का प्रदेश सदस्य हरिशरण लामिछानेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

मस्तिष्कघात भएपछि आइतबार दिउँसोदेखि काठमाडौँ मेडिकल कलेज, सिनामंगलमा उपचार गराईरहेका लामिछानेको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका प्रधानमन्त्री ओलीले चिकित्सकहरुसँग समेत उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।

प्रधानमन्त्री ओलीले लामिछानेका परिवारसँग समेत भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

लामिछाने भक्तपुर क्षेत्र नं १ (ख)बाट नेकपा (एमाले) का तर्फबाट विजयी भएका थिए । हाल उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।