अन्तर्राष्ट्रिय

इरानी अनुदारवादी समूहद्वारा आणविक सम्झौता सम्बन्धमा सरकारको कडा आलोचना

तेहरान, इरान । इरानका विदेशमन्त्रीले आणविक सम्झौताको पक्षमा अमेरिका इतरका राष्ट्रसँग कूटनीतिक सहयोगका लागि भ्रमण गरेसँगै यहाँका अनुदारवादी समूहले सरकारको कडा आलोचना गरेको छ ।

इरानी अनुदारवादी समूहले पश्चिमाहरूलाई कहिल्यै विश्वास गर्न नसकिने बताउने गर्छन् । इरानी अनुदारवादी समूहको बाहुल्यता रहेको विज्ञहरूको सभाका प्रमुख आयोतोल्लाह अलि जान्नतीले भने, इरानसँगको आणविक सम्झौताका प्रमुख योजनाकार राष्ट्रपति हसन रौहानीले इरानी जनतालाई सन् २०१५ मा भएको सन्धिका कारण ‘राष्ट्रलाई भएको क्षति’लाई लिएर क्षमा माग्नुपर्ने बताए । उक्त सभा इरानी सर्वोच्च नेता चयनका लागिसमेत अधिकार प्राप्त सभा हो ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनद्वारा सम्झौतालाई तोड्न गरेको तयारीबारे समाचारहरू आइरहेका समय इरानी विदेशमन्त्री मोहम्मद जावेद जरीफ भने सम्झौताको पक्षमा हस्ताक्षरकर्ता शक्ति राष्ट्रहरूसँगको कूटनीतिक कुराकानीका लागि आइतबार चीनको राजधानी बेइजिङ जानुभएको छ । उहाँ बेइजिङपछि मस्को र ब्रसेल्स जाने कार्यक्रम रहेको छ ।

इरानी सर्वोच्च नेता आयतोल्लाह अलि खामेनीको सैद्धान्तिक अडानजस्तै जान्नतीले पनि यूरोपेलीहरूले इरानको पक्षमा चाहिने सहयोगको आश्वासन दिनेमा विश्वास एकदम कम रहेको बताए ।

उनले लेलेखेका छन्, यूरोपेलीहरूले इरानविरुद्ध गर्ने गतिविधिलाई कहिल्यै रोकेका छैनन् ।