आर्थिक

प्रभु बैंकले गर्यो एकै दिनमा चार साखा उद्घाटन

काठमाण्डौ । संघीय संरचनाबमोजिम गठित विभिन्न स्थानीयतहमा रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ बैंकले बाग्लुङ जिल्ला निसीखोला गाउँपालिका वडा नं. ४, बाग्लुङ जिल्ला तमानखोला गाउँपालिका वडा नं. १, दैलेख जिल्ला भगवतीमाई गाउँपालिकावडा नं. २ र दैलेख जिल्ला गुराँस गाउँपालिका वडा नं. ४ गरी ४ वटा शाखाकार्यालय आज देखि सञ्चालनमा ल्याएको छ ।
यस बैंकको निसीखोला शाखा, तमान खोला शाखा, भगवतीमाई शाखा र गुराँस शाखाको समुद्घाटन सम्वन्धित गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेल र जोकलाल बुढा, दानबहादुर थापा र खेम राजओलीबाट आईतबार उद्घाटन गरेका छन् ।

शाखाकार्यालय उद्घाटन कार्यक्रममा सम्बन्धित जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिकदलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाकाप्रतिनिधिहरु, स्थानीयव्यापारी, बुद्धिजिवी लगायत सर्वसाधारणको उपस्थिति रहेको थियोे ।

आजदेखि सञ्चालनमा आएका बैंकका निसीखोला शाखा, तमानखोला शाखा, भगवतीमाई शाखा र गुराँस शाखाका र्यालयहरुबाट त्यहाँका स्थानीय सेवाग्राही, सर्वसाधारणहरु, उधमी, व्यवसायी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र चारैवटा गाउँपालिकको समग्र आर्थिक विकासमा टेवापुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।