आर्थिक

आईतबार पनि सुनको भाउ बढ्यो, कतिमा कारोबार हुदैँछ ?

काठमाडौं । सुनको मूल्य साताको पहिलो दिन बढेको छ । २ सातादेखि लगातार उकालो लागिरहेको सुनको भाउमा आज पनि बढेको हो ।
आईतबार सुनको मूल्य तोलामा १ सयले बढेर ५९ हजार ३ सयमा कारोबार भईरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ भने ७५० मै स्थिर रहेको छ ।

अन्तर्रा्ष्ट्रिय बजारमा आइतबार साँझसम्म सुन प्रतिऔंस १३ सय २० डलर हाराहारीमा कारोबार भइरहेको थियो ।