प्रवास

आफ्नै कम्पनिको गाडीले ठक्कर दिदाँ मलेसियामा एक नेपालीको ज्यान गयो

क्वालालम्पुर । सवारी दुर्घटनामा परी मलेसियामा एक नेपालीको ज्यान गएको छ । सन्धिखर्क संखुवासभाका दावा छिरी शेर्पाको शुक्रबार गाडीको ठक्करबाट ज्यान गएको हो ।

उनी कार्यरत रहेको कम्पनिका चालकले अत्यधिक मदिरा सेवन गरी गाडी चलाएको बताईएको छ । शेर्पा ४ बर्ष अगाडी मलेसिया आएका थिए । जोहोरबारुस्थित एक सुपरमार्केटमा कार्यरत थिए ।